विज्ञापन
No data was found

'बिपी राजमार्ग सुचारु गर्न बगरमा अस्थायी बाटो बनाइदैं'

काठमाडौं । बिपी राजमार्गको चौंकीडाँडादेखि बर्खेखोलासम्मको १६ स्थानमा गरी ४ किलोमिटर ८ मिटर खण्ड बाढी र पहिरोले जगदेखि डाइभर्सन वगाएको छ । यसमध्ये १४ स्थान भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन कार्यालयअन्तर्गत परेका छन भने २ स्थान सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन कार्यालय अन्तर्गत पर्छ ।

विज्ञापन

सरकारले उक्त बाटो पुनः सुचारु गर्न तत्कालै आवश्यक तयारी गर्न आइतबार सडक विभागलाई निर्देशन दिएको थियो ।

विज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले एक साताभित्र उक्त सडक सञ्चालनमा ल्याउन विभागका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।

निर्देशन अनुसार अहिले रोशी खोलाको किनारै किनार हुने गरी बगरमा लिक बनाउने काम सोमबारदेखि सुरु भएको छ ।

गत वर्ष दशैंमा आएको बाढी पहिरोले १ सय ६० किलोमिटर दूरी भएको धुलिखेल–बर्दिबास बिपी राजमार्गको २८ किलोमिटर खण्ड पूर्ण रुपमा बगेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत