पूर्वप्रधानमन्त्री माधव नेपालका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता भएका छन् । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सरकारले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले […]
हिमालको मुटुमा आधुनिक सेवा : लुक्ला अस्पतालले २० वर्षमा ३ लाख बिरामी उपचार गर्दै आफ्नै हाइड्रो सञ्चालन

लुक्ला। हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सल्लाहकारएवं अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म […]
भटमासको मस्यौरा मासुभन्दा दोब्बर प्रोटिनयुक्त खाद्य पदार्थ भएको विशेषज्ञको निष्कर्ष

काठमाडाैं । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले भटमासको मस्यौरा (सोया चंक्स) लाई ‘सस्तो सुपरफुड’ घोषणा गर्दै यसका चकित पार्ने स्वास्थ्य लाभबारे प्रकाश पारेका छन् । उनले आफ्नो भिडियो सन्देशमार्फत मस्यौरामा मासुभन्दा झन्डै दोब्बर प्रोटिन पाइने तर कोलेस्ट्रोल र अस्वस्थकर बोसो भने शून्य हुने बताएका छन्। यसले मस्यौरालाई मांसाहारी भोजनको एक उत्कृष्ट र स्वस्थ विकल्पको […]
प्रहरी महानिरीक्षक खापुङ्गद्वारा प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । भवन उट्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त […]
शेरबहादुर देउवा र आरजु राणाको सिङ्गापुर अवतरणको तस्बिर भाइरल

काठमाडाैं । जेनजी आन्दोलनमा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको सिंगापुर अवतरणको तस्बिर भाइरल भइरहेको छ । जेन-जी आन्दोलनमा घाइते भएका देउवा दम्पती थप उपचारका लागि भन्दै सोमबार राति सिंगापुर जाने क्रममा नेपालको एयरपोर्टमा हिंड्दै गएको तर सिंगापुरमा अवतरण गर्दा ह्विल चेयरमा बसेर निस्किएको तस्बिर अहिले सर्वत्र चासो र हाँसोको […]
उदाउँदो सूर्यलाई अर्घ्य दिएर गरियो छठ पर्वको समापन

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व २०८२ सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी गाईको दूध, फूल र जलले अर्घ्य दिएर छठ सम्पन्न गर्ने धार्मिक विधि छ । बिहानै घाटमा गरिने यो पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । यस क्रममा भक्तहरू कम्मरसम्मको […]
देशभर पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षासहित हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैको प्रभावले हाल देशभर सामान्यतया बदली रहेको छ । विशेषगरी गण्डकी र बागमती प्रदेशका केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ […]