थानकोटस्थित त्रिभुवन पार्कमा बाल्ने गरेको फोहोरको धुवाँले जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं : थानकोट त्रिभुवन पार्कमा अहिले पिकनिक आउनेहरूको घुइँचो लागेको छ । उपत्यकामै इतिहास बोकेको त्रिभुवन पार्कमा पिकनिक आउनेहरूले फाल्ने बोतल, प्लास्टिक, तथा अन्य फोहोर व्यवस्थापन गर्ने नाममा पार्कभित्र नै जम्मा भएका फोहोरहरू जलाउने कार्यले वरपरका बस्तीमा गम्भीर असर परेको देखिन्छ । बिहान मर्निङ वाक गर्ने, वरपरको रमणीय दृश्यमा रमाउन चाहनेहरूको रोजाईको पार्क अहिले अत्यन्त […]
कालीमाटीमा बेच्न राखिएको रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत विषादी भेटिएको छ । बिक्रीका लागि मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो । तरकारी तथा फलफूलमा […]
राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । आज दिउँसो ३ बजे नेपाली काँग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग राष्ट्रपतिले छलफल गर्न लागेका हुन् । छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।