सुन तस्करी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ । एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्काे […]
जनमोर्चा पार्टीको तर्फबाट उम्मेदवार बनेका उर्जाशील तथा समाजवादी चेतनाका युवा नेता रोशन दानी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उम्मेदवार बनेका रोशन दानी उर्जाशील तथा समाजवादी चेतनाका युवा नेता हुन् । चन्द्रागिरि नगरपालिकाको वडा नं १ दहचोकमा २०४८ सालमा जन्मेका रोशन दानी सानैदेखि सामाजिक कृयाकलापहरूमा सहभागी हुँदै मार्क्सवादी विचार एवम् समाजवादी चेतनातर्फ आकर्षित भएका समान्ता र न्यायप्रेमी […]
७ जना प्राज्ञलाई “विजय मल्ल नइ शताब्दी पुरस्कार”

काठमाडाै । नेपाल तथा भारतका ७ जना प्राज्ञहरूलाई “विजय मल्ल नइ शताब्दी पुरस्कार” प्रदान गरिने भएको छ । नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान […]
काठमाडौँको एक घरबाट १ करोड रुपैयाँभन्दा बढीको गरगहना चोरी

काठमाडौँ । बौद्ध टुसालकाे एक घरबाट १ करोडभन्दा बढीको गरगहना चोरी भएको छ । काठमाडौँ महानगरपालिका-६ बौद्ध टुसाल बस्ने रिन्जी लामाको घरमा चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा […]