विज्ञापन
No data was found

'जनमोर्चा पार्टीको तर्फबाट उम्मेदवार बनेका उर्जाशील तथा समाजवादी चेतनाका युवा नेता रोशन दानी'

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उम्मेदवार बनेका रोशन दानी उर्जाशील तथा समाजवादी चेतनाका युवा नेता हुन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं १ दहचोकमा २०४८ सालमा जन्मेका रोशन दानी सानैदेखि सामाजिक कृयाकलापहरूमा सहभागी हुँदै मार्क्सवादी विचार एवम् समाजवादी चेतनातर्फ आकर्षित भएका समान्ता र न्यायप्रेमी युवा हुन् ।

विज्ञापन

औपचारिक शिक्षा दहचोकस्थित सनसाईन,एआई,ऋचा श्रीकृष्ण मा.वि हुँदै श्री चण्डिका माध्यामिक विद्यालयबाट २०६४ सालमा एसएलसी उत्तिर्ण गरेका दानीले शिक्षा क्याम्पसबाट १२ र साईरसबाट कम्प्युटर साईन्समा प्लस टु तथा काठमाडौं विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक गरेका छन् ।

सानै उमेरदेखि क्रान्तिकारी स्वभावका दानी माओवादी निकट विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुँदै विभिन्न समयमा भएका आन्दोलनहरूमा सहभागिता जनाउँदै आएका प्रगतिशील युवा तथा प्रतिबद्ध राजनीतिकर्मी हुन् ।

राजनीतिक, सामाजिक गतिविधिका साथै पत्रकारीतामा समेत योगदान दिएका दानीले राष्ट्रवाणी, साप्ताहिक, राष्ट्रिय यात्रा हुँदै अरनिको टेलिभिजन, काष्ठमण्डप टेलिभिजन, मेगा टेलिभिजन लगायत विभिन्न मिडियामा दुई दशक भन्दा बढी काम गरेर नेपाली राजनीति, समाज व्यवस्था र जनताको चाहनालाई नजिकबाट बुझ्ने र त्यसको मिहिन अध्ययन समेत गरेर काठमाडौं निर्वाचन क्षेत्र नं ९ को समग्र विकासको योजनासहित उम्मेदवार बनेका छन् ।

“मै बनाउछु मेरै लागि अस्पताल” “,युवा हातेमालाे”, “शिक्षा सबैका लागि” लगायत दर्जनौं सामाजिक कार्य अगाडि बढाएका दानीले दहचाेक युनाइटेड क्लब, थानकोट जेसीज २०२२ काे अध्यक्ष, युवा गैर सहकारी संस्था महांसघको केन्द्रीय सदस्य, चन्द्रागिरि चेम्बर अफ कमर्सको उपाध्यक्ष, नेपाल रेडक्रस साेसाईटीको आजीवन सदस्य लगायत दजनाै संघ सस्थामा कुशल नेतृत्व कर्ताकाे भुमिकामा रहेर काम गरिसकेका छन् ।

देशमा भएका चरम भ्रष्टाचार तथा व्यथितिहरूको अन्त्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ९ अन्तर्गत आफ्नो उम्मेदवारी दिएका रोशन दानी चन्द्रागिरि नगर बने पश्चात् २०७४ मा स्थानीय तहको निर्वाचनमा उप-प्रमुखको उम्मेदवार बनेका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा पाँच दलिय गठबन्धनको तर्फबाट फेरि उपप्रमुखको उम्मेदवार बनेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत