काठमाडाै । नेपाल तथा भारतका ७ जना प्राज्ञहरूलाई “विजय मल्ल नइ शताब्दी पुरस्कार” प्रदान गरिने भएको छ ।
विज्ञापन
नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको हो ।
विज्ञापन
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी रहेका छन् ।
शताब्दी पुरस्कार अन्तर्गत जनही पच्चिस पच्चिस हजार रुपैयाँ रहेको नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले जानकारी दिएकी छिन् ।