बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

काठमाडाैं । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप ३ गोल गर्यो । खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमैथेनले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् । […]
कवि दोस्ताज (महेश बजगाईं) को नवीनतम कविता किताब बजारमा

“एकदिन मानिसहरू फर्किने छन्” भन्ने शिर्षकको उक्त कविता सङ्ग्रहबाट शोणितपुर खबरको “शनिबार-साहित्यबार” मा कवि दोस्ताजको ३ ओटा कविता प्रस्तुत गरिएको छ । बच्चाको अन्त्य ________________ शान्तिको बस्तिमा युद्ध भयो सबै समाप्त भयो । फलाम खिया भयो शिशा तेल भयो शरीर सडक भयो हाड कोइला भयो अझ भनौँ जम्मैजम्मै मानिसहरू माटोमा मर्ज भए त्यतिन्जेलसम्म […]
वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडाैं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएका उनको सोही अस्पतालमा निधन भएको हो । यसबारे कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।
क्रिकेटको महाकुम्भ ‘ट्वान्टी-२० विश्वकप’ आजदेखि

काठमाडौं । क्रिकेटको महाकुम्भ ट्वान्टी-२० विश्वकप क्रिकेटको शनिबारदेखि औपचारिक सुरुआत हुँदैछ । विवाद र अन्योलका बीच कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको औपचारिक यात्रा सुरु हुनेछ । समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ पुग्ने अनुमान गरिएको छ । यस समूहमा भारतलाई पाकिस्तान र पछिल्लो समय बलियो हुँदै गएको अमेरिकाले चुनौती दिन […]