विज्ञापन
No data was found

'क्रिकेटको महाकुम्भ ‘ट्वान्टी-२० विश्वकप’ आजदेखि'

काठमाडौं । क्रिकेटको महाकुम्भ ट्वान्टी-२० विश्वकप क्रिकेटको शनिबारदेखि औपचारिक सुरुआत हुँदैछ । विवाद र अन्योलका बीच कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको औपचारिक यात्रा सुरु हुनेछ ।

विज्ञापन

समूह ‘ए’ मा रहेको भारत सहजै ‘सुपर एट’ पुग्ने अनुमान गरिएको छ । यस समूहमा भारतलाई पाकिस्तान र पछिल्लो समय बलियो हुँदै गएको अमेरिकाले चुनौती दिन सक्नेछन् । शनिबार नै मुम्बईमा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

विज्ञापन

पूर्वविजेताहरू अस्ट्रेलिया र इंग्ल्यान्डलाई पनि उपाधिको बलियो प्रत्याशी मानिएको छ ।

यता समूह ‘सी’ मा रहेको इंग्ल्यान्डको नेतृत्व ह्यारी ब्रुक्सले गर्दैछन् । यस समूहमा नेपाल, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । वेस्ट इन्डिज पनि दुई पटकको च्याम्पियन भएकाले यो समूहको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

प्रतियोगिताको ढाँचा अनुसार चार समूहका शीर्ष दुई-दुई टोली ‘सुपर एट’ मा प्रवेश गर्नेछन् । ती आठ टोलीलाई पुनः दुई समूहमा विभाजन गरी खेल खेलाइनेछ र शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको समूह विभाजन:-

  • समूह ‘ए’: भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स, नामिबिया
  • समूह ‘बी’: अस्ट्रेलिया, श्रीलंका, आयरल्यान्ड, जिम्बावे, ओमान
  • समूह ‘सी’: इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल, इटाली, स्कटल्यान्ड
  • समूह ‘डी’: न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, यूएई

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम

शिक्षकको त्यो २९ दिने ‘सडक-पाठशाला’ र अहंकारी सत्ताको पटाक्षेप