महांकाल ब्याडमिन्टन कभर्ड हलको अध्यक्षमा सानु श्रेष्ठ सर्वसम्मत चयन

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ७ मा रहेको नगरस्तरिय ब्याडमिन्टन कभर्ड हलको सञ्चालक समिति अध्यक्षमा सानु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । २०७४ सालमा स्थापना गरिएको महांकाल ब्याडमिन्टन कभर्ड हलको साधारण सभाले कार्य समिति चयन गर्ने क्रममा अध्यक्षमा सानु श्रेष्ठ, उपाध्यक्षमा महावीर खड्का, सचिवमा केशव बस्नेत तथा कोषाध्यक्षमा रविन्द्र महतसहित १९ सदस्यीय कार्यसमिति चयन […]

डीपी अर्यालसँग मतदाताको गुनासो : “नेपालभित्रै ज्यालामा ठगिन्छौं हामी, छ महिनासम्म पनि तलब पाइँदैन’

काठमाडौं । काठमाडौ क्षेत्र ९ का मतदाताले रोजगारको अभावका कारण युवाहरू विदेश जानु परेको र मुलुकभित्र श्रमिकहरू ज्यालामा ठगिनु परेको गुनासो गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँगको छलफलमा काठमाडौ वडा नम्बर १२ र २१ का मतदाताले यस्तो गुनासो व्यक्त गरेका हुन् । छलफलमा, मतदाताहरूले विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई […]

झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा मतदान गर्नुपर्ने ३० कारण प्रस्तुत गरेको छ । एमालेको झापा–५ क्षेत्रीय कमिटीले सार्वजनिक गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षकदरबन्दी मिलानसम्मका विषयहरु समेटिएको छ । के.पी. शर्मा ओलीलाई नै भोट किन ? राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न। विदेशी नाङ्गो हस्तक्षेप अन्त्य गर्न। जनताका खोसिएका […]

हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ । प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचनाको परिकल्पना गर्दै पार्टीले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र […]

महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए । उनका अनुसार चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य […]