विज्ञापन
No data was found

'झापा-५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण'

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा मतदान गर्नुपर्ने ३० कारण प्रस्तुत गरेको छ । एमालेको झापा–५ क्षेत्रीय कमिटीले सार्वजनिक गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षकदरबन्दी मिलानसम्मका विषयहरु समेटिएको छ ।

विज्ञापन

के.पी. शर्मा ओलीलाई नै भोट किन ?

विज्ञापन
  • राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न।
  • विदेशी नाङ्गो हस्तक्षेप अन्त्य गर्न।
  • जनताका खोसिएका अधिकार पुनर्बहाली गर्न।
  • हाल नेपालीको खस्किएको मनोबल बढाउन ।
  • देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न।
  • भ्रष्टाचार र कुशासनको अन्त्य गर्न।
  • मुलुकैभरि र यस झापा क्षेत्र नं. ५ मा सुरु भै हाल रोकिएका र अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्न।
  • देशमा रोजगारीको अभिवृद्धि गरी युवालाई रोजगार बनाउन ।
  • नवयुवालाई प्राविधिक शिक्षाको अवसर दिलाउन र युवामा सीपमूलक विकास गर्दै स्वरोजगार अभिवृद्धि गर्न।
  • सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन।
  • कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन।
  • उद्योगधन्दाको विकास गरी रोजगारी र उत्पादन वृद्धि गर्न।
  • निर्माणधीन पूर्व पश्चिम एसियन हाईवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी सडक निर्माण सम्पन्न गर्न।
  • दमक-रवि-चिसापानी सडक निर्माण सम्पन्न गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्न ।
  • नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न।
  • विस्थापित सडक बालबालिकाहरूलाई पुनर्स्थापना गर्न।
  • दमकको विजिनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवर्धन गर्न।
  • यस क्षेत्रमा बसोवास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी जनतालाई जग्गाधनी पूर्जा उपलव्ध गराउन ।
  • यस निर्वाचन क्षेत्रका किसानलाई प्रोत्साहन गरी कृषिउपज बढाएर बजारीकरण गर्न।
  • दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटिको रूपमा विकास गर्न।
  • यहाँका सबै बजारहरूलाई व्यवस्थित गरी उचित व्यावसायिक वातावरण बनाउन।
  • रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्ध कार्य पूरा गर्न।
  • जनतालाई दिइँदै आएको स्वास्थ्य विमा सेवा घटाइएकोमा पुनः बढाउन र अझै व्यवस्थित गर्न।
  • दमक अस्पतालको स्तरवृद्धि गरी प्रदेश अस्पताल बनाएर जनतालाई स्वास्थ्य सेवा सहज बनाउन।
  • कमल, गौरादह, गौरीगञ्ज सबै स्थानीय तहका अस्पताललाई सहज स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने बनाउन ।
  • दमकको आम्दा अस्पताललाई अझ वढी विशेषज्ञ सेवा उपलव्ध गराउने गरी सुविधासम्पन्न बनाउन सहयोग गर्न।
  • यस क्षेत्रका सबै सामुदायिक क्याम्पसहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउन ।
  • सबै सामुदायिक विद्यालयका जीर्ण भवनहरू हटाएर वालमैत्री भवन निर्माण गर्न।
  • सामुदायिक र संस्थागत विद्यालयविच समन्वयको वातावरण बनाई वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न।
  • विषयगत शिक्षक दरवन्दीको व्यवस्था गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न।
  • प्रादेशिक आयुर्वेद अस्पतालमा दरबन्दी थप गरी १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरवृद्धि गर्न।
  • साधुहोलीलाई थप व्यवस्थित गर्दै नमूना पर्यटकीय सिमसारको रुपमा स्थापित गर्न।
  • कमल नगर अस्पताललाई स्तरोन्नती गर्दै २५ शैय्याको अस्पताल वनाई कमलका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन।
  • रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रमा आम्दानीमुलक फलफूलको विरुवा लगाई यो क्षेत्रलाई फलफूलमा
  • आत्मनिर्भर बनाउन।
  • आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रश्शालाको रुपमा निर्माण कार्य सम्पन्न गर्न।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌