दक्षिण एसियाली ब्याडमिन्टनमा नेपालको दबदबा : नेपाली टोलीकाे ऐतिहासिक सफलता

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’ मा नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो स्वर्ण पदकसहित कुल चार पदक जितेर कीर्तिमान कायम गरेका छन्। प्रतियोगितामा प्रिन्सले पुरुष एकलतर्फको फाइनलमा आयोजक राष्ट्र पाकिस्तानका खेलाडीलाई निकै रोमाञ्चक सेटमा पराजित गरे। […]
सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ

काठमाडौँ । पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो । संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ । काठमाडौँ उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ, जुन […]
सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

काठमाडौं । सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरेकाे छ । चन्द्रागिरि नगरपालिका वडा नं.१४ नयाँ नैकापमा रहेको सान इन्टरनेशनल कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका ६५ जना विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच विदाई गरेको हाे। विदाई कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा ओरल म्याक्सिलोफेसियल विशेषज्ञ डा. सुवास […]
सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा […]