विज्ञापन
No data was found

'सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई'

काठमाडौं । सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई गरेकाे छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं.१४ नयाँ नैकापमा रहेको सान इन्टरनेशनल कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका ६५ जना विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमका बीच विदाई गरेको हाे।

विज्ञापन

विदाई कार्यक्रममा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा ओरल म्याक्सिलोफेसियल विशेषज्ञ डा. सुवास घिमिरे रओम समाज डेन्टल अस्पतालका बोर्ड सदस्य राजन थापाको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डा. सुवास घिमिरेले आफ्नो प्रेरणादायी मन्तव्यमा विद्यार्थीहरूलाई जीवनको प्रतिस्पर्धात्मक यात्रामा इमान्दारिता, लगनशीलता र सकारात्मक सोचलाई अंगाल्न आग्रह गरे। उनले भने, “आजको विदाई अन्त्य होइन, एउटा नयाँ सुरुवात हो—जहाँ तपाईंहरूको पहिचान, संघर्ष र सफलता तय हुनेछ।”

त्यस्तै अस्पतालका बोर्ड सदस्य राजन थापाले पनि विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै शिक्षा मात्र नभई व्यवहारिक सीप र नैतिक मूल्यलाई पनि उत्तिकै महत्व दिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सान कलेजकाे प्रिन्सिपल डा. सम्भा घिमिरे, शैक्षिक प्रमुख धुर्व खड्का, अपरेसन इन्चार्ज राज फुयाँललगायतको उपस्थिति रहेको थियो ।

विदाई कार्यक्रममा डा.  घिमिरेले विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपालको दबदबा : नेपाली टोलीकाे ऐतिहासिक सफलता

सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु