काठमाडौं । पाकिस्तानको इस्लामाबादमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’ मा नेपाली टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ।
विज्ञापन
नेपालका नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो स्वर्ण पदकसहित कुल चार पदक जितेर कीर्तिमान कायम गरेका छन्।
प्रतियोगितामा प्रिन्सले पुरुष एकलतर्फको फाइनलमा आयोजक राष्ट्र पाकिस्तानका खेलाडीलाई निकै रोमाञ्चक सेटमा पराजित गरे।
विज्ञापन
त्यस्तै, प्रिन्सले मिक्स डबल्समा रसिला महर्जनसँग जोडी बनाउँदै नेपालको झोला अर्को स्वर्ण पदक थपे।
पुरुष डबल्समा प्रिन्स दाहाल र क्षितिज खनालको जोडीले रजत जिते। साथै, मिक्स टिम इभेन्टमा पनि नेपालले रजत पदक हात पार्यो। मिक्स टिममा प्रिन्स, क्षितिज, रसिला र शेस्ना श्रीपाली सामेल थिए।
महिला एकलतर्फ रसिला महर्जनले कांस्य जितिन् भने महिला डबल्समा रसिला र शेस्ना श्रीपालीको जोडीले अर्को कांस्य पदक सुरक्षित गरे।