घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको सूचना अनुसार अदालतको तहसिल शाखामा कार्यरत डिठ्ठा लव कुमार सिंहले जग्गा फुकुवा प्रक्रिया सम्पन्न गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि निगरानी गरिएको थियो। अनुसन्धानका क्रममा सिंहलाई सेवाग्राहीसँग रु. ५० हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा […]
बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ। बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति, बागमती प्रदेश संसदीय दल नेता तथा मुख्यमन्त्री छन्।
निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै कर्मचारी ट्रेड युनियन खारेज भएको हो । कार्यालय प्रमुख भई काम गर्ने राजपत्रांकित कर्मचारीबाहेक तृतीय श्रेणी वा त्योभन्दा मुनिका कार्मचारी ट्रेड युनियनमा सदस्य बन्न पाउने कानुनी व्यवस्था थियो। केही नेपाल ऐन संशोधन […]
रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो । लिडरसिप एकेडेमी (२५): आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण […]
सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

काठमाडौं । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै सार्वजनिक निकायमा राजनीतिक नियुक्ति पाएका झण्डै १६ सय पदमुक्त भएका छन् । अध्यादेशबाट ११० कानुन संशोधन गरिएपछि विश्वविद्यालय, संस्थान, प्रतिष्ठान, प्राधिकरण, परिषद्, कोष, आयोगलगायतका निकायमा राजनीतिक नियुक्ति पाएका उनीहरू एकसाथ पदमुक्त भएका हुन् । अध्यादेश आएपछि प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ, प्रेस […]