विज्ञापन

'चन्द्रागिरि प्राथमिक अस्पतालको ओपीडी टिकट खुल्ने समय परिवर्तन'

काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ थानकोटस्थित चन्द्रागिरि प्राथमिक अस्पतालले आगामी कात्तिक १६ गतेदेखि ओपीडी टिकट खुल्ने समय परिवर्तन गर्ने भएको छ।

विज्ञापन

अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ओपीडी टिकट बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। शुक्रबार भने बिहान ८ बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्रै टिकट खुल्नेछ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा बहिरंग सेवासँगै आकस्मिक सेवा, प्रयोगशाला, प्रसूति तथा अन्य स्वास्थ्य सेवा उपलब्ध हुँदै आएका छन्। अस्पतालमा स्वास्थ्य सेवा विस्तारसँगै उपचारका लागि आउने सेवाग्राहीको चापसमेत बढ्दै गएको छ।

अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले १५ शय्याको नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति, उपकरण र विशेषज्ञ सेवासमेत थप गर्दै जाने योजना अघि बढाएको छ। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको क्षमता विस्तारलाई नगरपालिकाले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण योजनाका रूपमा अघि बढाएको छ।

अस्पताल प्रशासनले नयाँ समयतालिकाअनुसार ओपीडी सेवा लिन आउने बिरामी तथा सेवाग्राहीलाई तोकिएको समयमा अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बलम्बुमा थिचिएको चाप र साबिक थानकोटको सुनसान बजारले के भन्छ ?

भूपिन र जुनूका निबन्धलाई विमल गुरुङ कृति पुरस्कार

हिमालको काखमा अवस्थित गुरुङ संस्कृतिको अनुपम गाउँ सिक्लेस

काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा, इतबार बिहानदेखि मौसममा सुधार

एनपीएलमा आज दुई खेल हुँदै, जनकपुरसँग भिड्दै काठमाडौं; साँझ कर्णाली र विराटनगर आमनेसामने

नागढुंगा सुरुङ मार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?

नेपालमा आजदेखि वर्षा र हिमपातको सम्भावना

मौलिक चलचित्र बनाउन सरकारले ३ करोड ५० लाख छुट्यायो, २१ दिनभित्र आवेदन दिनुपर्ने