राष्ट्रपतिलाई प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागि हुनुहुन्थ्यो । यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौँ । भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ । मतदातालाई मताधिकारको […]

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

काठमाडौँ । नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित भएका छन् । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महजर्ननले हिट किक बक्सिङ (एमएमए)द्वारा आज आयोजित कार्यक्रममा इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता घिमिरेलाई विशेष सम्मान गरेका हुन् । चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा बलम्बूका उनी आफ्नो परिवारका साथ हाल […]

नेपाल प्रिमियर लिगको विजेताले उपाधी रकम १ करोड ११ लाख, उपविजेतालाई ५० लाख

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन् ।नेपाल प्रिमियर लिगको विजेताले उपाधी रकम १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको […]

प्रहरीसँग दुर्गा प्रसाईंको बयान- कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी दाबी गरिएको कागजात झुटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको दाबी गर्दै सार्वजनिक गरेको कागजात नक्कली (फेक) भएको दूर्गा प्रसाईंले बयान दिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का अधिकारीहरूसँगको बयानमा प्रसाईंले उक्त कागजातहरू नक्कली भएको बयान दिएका हुन्। विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा प्रहरीले उनीमाथि अनुसन्धानसमेत गरिरहेको छ। अनुसन्धानकै क्रममा सिआईबीको टोलीले झापा मेचिनगर नगरपालिका-१३ चारआलीका नविन […]

एनसेलको एनपीएल प्याक: अनलिमिटेड युट्युबदेखि अनलिमिटेड डेटासम्म सुविधा

काठमाडौं । आजदेखि सुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूलाई थप रोमाञ्चक बनाउन एनसेलले एनपीएल फ्यान प्याकहरू सार्वजनिक गरेको छ । एनसेलले रु. ३९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याक, रु. ५० देखि रु. ९९९ सम्मका अनलिमिटेड डेटा प्याक र रु. १४९ तथा रु. ४९९ मा उपलब्ध अनलिमिटेड भ्वाइस प्याकहरू ल्याएको […]

‘जन्ते बाख्रो’मा गरिमा शर्मा अनुबन्धित

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्रमा गरिमा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् । कमेडी कथावस्तुमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । मुइन इन्टरटेनमेन्टको […]

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले  सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन […]

आज बाला चतुर्दशी पितृका नाममा शतबीज छरिँदै

काठमाडौं । आज बाला चतुर्दशी पितृका नाममा शतबीज छरिएको छ । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो । मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन […]