काठमाडौं । आजदेखि सुरु हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूलाई थप रोमाञ्चक बनाउन एनसेलले एनपीएल फ्यान प्याकहरू सार्वजनिक गरेको छ ।
विज्ञापन
एनसेलले रु. ३९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याक, रु. ५० देखि रु. ९९९ सम्मका अनलिमिटेड डेटा प्याक र रु. १४९ तथा रु. ४९९ मा उपलब्ध अनलिमिटेड भ्वाइस प्याकहरू ल्याएको छ । यी प्याक खरिद गर्ने ग्राहकले युट्युबमा अनलिमिटेड पहुँचका साथ एनपीएलका खेलहरू कुनै पनि बेला सजिलै हेर्न सक्ने कम्पनीले जनाएको छ ।
विज्ञापन