काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्रमा गरिमा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।
विज्ञापन
कमेडी कथावस्तुमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन् ।
विज्ञापन
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ ।
मुइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । चलचित्रको छायांकन हरि हुँमागाईले गर्नेछन् ।