नेपाल तरुण दल वडा नं २ को अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक सिग्देल

काठमाडौँ । नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दलको वडा नं २ को वडा अधिवेशन सम्पन्न गरिएको छ । नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० का अध्यक्ष ईश्वर लामाको प्रमुख आतिथ्यता तथा तरुण दल चन्द्रागिरि नगरका अध्यक्ष आनन्द महर्जनको विशिष्ट आतिथ्यतामा सम्पन्न गरिएको अधिवेशनले दिपक सिग्देलको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति चयन गरेको छ […]

ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी महिला युएईबाट पक्राउ

काठमाडौँ । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार रूपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर पक्राउ परेकी छिन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने, गराउने प्रयोजनका लागि आईतबार नेपाल फिर्ता ल्याइएको हो । ठगी मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको […]

विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छ : नेशनल प्याब्सन

काठमाडौँ । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गर्दै आएका उनीहरूले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रस्ट्याएका हुन् । विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरू […]

प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गद्वारा उट्घाटन

काठमाडौँ । प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको आज विधिवत उट्घाटन गरिएको छ । नेपाल सरकारको कुल ६ करोड ७१ लाख ३४ हजार बजेटबाट निर्माण गरिएको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय, ब्यारेक भवनको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गले उट्घाटन गरेका हुन् । विगत ५ वर्षदेखि प्रहरी भवन […]

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको विरोध प्रदर्शन

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका प्रावधानको विरोधमा काठमाडौँ उपत्यका भरीका निजी विद्यालयहरुले आज विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना विद्यालयका बसलाई सडकमा ल्याएर आपत्ति जनाएका छन् । निजी विद्यालयहरूको अनुसार, प्रस्तुत विधेयकले विद्यालयहरूको स्वायत्तता र व्यवस्थापनमा हस्तक्षेप गर्ने मात्र नभई, शैक्षिक गुणस्तरमा पनि नकरात्मक प्रभाव पार्न सक्ने आशंका गरिएको छ । विरोधमा उत्रिएका विद्यालयका […]

नेपाल आइडल छैटौँ सिजनकी उपाधी गंगा सोनामले चुमिन

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम भएकी छन्। आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन्। गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी […]