विज्ञापन
No data was found

'प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गद्वारा उट्घाटन'

काठमाडौँ । प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय भवनको आज विधिवत उट्घाटन गरिएको छ ।

विज्ञापन

नेपाल सरकारको कुल ६ करोड ७१ लाख ३४ हजार बजेटबाट निर्माण गरिएको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय, ब्यारेक भवनको काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्गले उट्घाटन गरेका हुन् ।

विज्ञापन

विगत ५ वर्षदेखि प्रहरी भवन निर्माण चरणमा रहेकोले थानकोट प्रहरी वृत्तको दैनिक प्रशासनिक कार्य त्रिभुवन पार्कको स्वामित्वमा रहेको भवन तथा थानकोटका निजि घरहरू भाडामा लिएर सञ्चालन हुँदै आएकोमा अबदेखि आफ्नै भवनबाट थप सेवा सुविधासहित कार्यालय सञ्चालन हुने थानकोट वृत्त प्रमुख एलिजा गिरीले जानकारी दिएकी छिन् ।

विभिन्न तहका प्रहरी प्रशासनका व्यक्तिहरू सहभागी रहेको उट्घाटन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीका साथै उपप्रमुख बसन्ती श्रेष्ठ लगायत जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत