विज्ञापन
No data was found

'विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छ : नेशनल प्याब्सन'

काठमाडौँ । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् ।

विज्ञापन

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दोलन गर्दै आएका उनीहरूले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रस्ट्याएका हुन् ।

विज्ञापन

विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरू प्रतिबद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिइन् । उनले शुल्क वृद्धि हुने र गरिब अभिभावकलाई मारमा पार्ने खालको ऐन सरकारले ल्याउन नहुने बताइन् ।

निजी विद्यालयहरूले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानुन अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत