देशका सबै सामुदायिक क्याम्पस बन्द, क्याम्पस संघद्वारा शोक व्यक्त

काठमाडौँ । जेन-जीको आन्दोलनका क्रममा हिजो भएको प्रदर्शनका क्रममा घटेको घटनाप्रति सामुदायिक क्याम्पस संघले शोक व्यक्त गरेको छ । हिजो एक शोक वक्तव्य मार्फत सामुदायिक क्याम्पस संघले नेपालमा घटेको दर्दनाक घटनाबाट दर्जनौं नेपाली युवाको असामयिक निधन भएको खबरले सम्पूर्ण शैक्षिक क्षेत्रमा गहिरो शोक छाएको साथै यस दुःखद राष्ट्रिय दुर्घटनामा नेपाल पब्लिक क्याम्पस संघ स्तब्ध र […]

“सनातन राजनीति अब अप्रासंगिक”

सम्पादकीय नेपालको राजनीतिक इतिहास उतार-चढावले भरिएको छ। राजतन्त्रदेखि प्रजातन्त्र, निरंकुशता हुँदै गणतन्त्रसम्म पुग्दा जनताले हरेक पटक नयाँ आशा बोकेका थिए। तर प्रणाली बदलिँदा पनि चरित्र र अभ्यासमा खासै परिवर्तन देखिएन। गुटबन्दी, वंशवाद, भ्रष्ट्राचार, शक्ति-केन्द्रित सोच र पद-लोभले देशलाई बारम्बार पछाडि तान्यो। यही परम्परागत शैलीलाई हामी “सनातन राजनीति” भन्न सक्छौं, जसको औचित्य आज आएर सकिएको छ। […]

जेनजी आन्दोलनलाई लक्षित गर्दै ललितपुरमा बिहान ७ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु

काठमाडौं । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज मंगलबार बिहानैदेखि कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को बमोजिम ललितपुर महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रमा बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, ललितपुर महानगरपालिकाको वडा नं. २, […]

सरकार सामाजिक सञ्जाल रोक्ने पक्षमा छैन, घुसपैठका कारण अप्रिय घटना भयो: प्रधानमन्त्री ओली

प्रधानमन्त्रीको वक्तव्य- आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, जेन–जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक […]