विज्ञापन
No data was found

'“सनातन राजनीति अब अप्रासंगिक”'

सम्पादकीय

विज्ञापन

नेपालको राजनीतिक इतिहास उतार-चढावले भरिएको छ। राजतन्त्रदेखि प्रजातन्त्र, निरंकुशता हुँदै गणतन्त्रसम्म पुग्दा जनताले हरेक पटक नयाँ आशा बोकेका थिए। तर प्रणाली बदलिँदा पनि चरित्र र अभ्यासमा खासै परिवर्तन देखिएन। गुटबन्दी, वंशवाद, भ्रष्ट्राचार, शक्ति-केन्द्रित सोच र पद-लोभले देशलाई बारम्बार पछाडि तान्यो। यही परम्परागत शैलीलाई हामी “सनातन राजनीति” भन्न सक्छौं, जसको औचित्य आज आएर सकिएको छ।

विज्ञापन

आजको पुस्ता, विशेषतः Gen Z, पुरानो ढर्राको राजनीतिको विरुद्ध सडकमा देखिन थालेको छ। उनीहरू अनुहार होइन प्रणाली परिवर्तन चाहन्छन्। उनीहरूलाई वंश, जात, पार्टी निष्ठा वा नेताप्रति blind faith ले आकर्षित गर्दैन; बरु पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीति चाहिन्छ। यो चेतना अहिलेको सत्तामा बसेकाहरूका लागि मात्र चुनौती होइन, नयाँ इतिहास निर्माणको अवसर पनि हो।

अब नेपालले ‘सनातन राजनीति’ को खोल भिरेर अघि बढ्न सक्दैन। समयले देखाइसकेको छ– जनताको चेतना अब पुरानो शैलीका नारा र भाषणले तुष्ट पार्न सकिँदैन। युवा पुस्ताले बोकेको परिवर्तनको ज्वारभाटा रोक्न सकिने छैन।

नेपाल नयाँ युगको मोडमा उभिएको छ। यो अवसर गुमाउनु भनेको फेरि एकपटक अराजकता, निराशा र असन्तोषतिर धकेलिनु हो। त्यसैले आजैदेखि सनातन राजनीतिलाई बिदा गरेर नयां सोच, नयाँ अभ्यास र नयाँ नेतृत्वलाई अघि बढाउने समय आएको छ।

“Gen Z को रक्तरञ्जित विद्रोह र सत्ताको फाँसिवादी चरित्र”

हिजो भएको Gen Z को प्रदर्शनमा १९ जना विद्यार्थी युवाको ज्यान गयो। यो घटना नेपालको राजनीतिक इतिहासमा अर्को कालो अध्याय बनेर रह्यो। लोकतन्त्रको नाममा सत्तामा पुगेका जन-प्रतिनिधिहरूले आफ्नै भावी पुस्तामाथि गोली चलाउनु केवल अपराध मात्र होइन, सत्ता संरचनाको फासीवादीचरित्रलाई नङ्ग्याउने प्रमाण हो।

नेपालमा आन्दोलनको परम्परा नयाँ होइन। राजतन्त्रविरुद्धको लडाइँ होस् वा २०४६ र २०६२/६३ को जनआन्दोलन, हरेक पटक जनताले बलिदान दिए। तर विडम्बना के हो भने, प्रणाली बदलिए पनि अभ्यासमा खासै परिवर्तन आएन। राजा हटे, गणतन्त्र आयो; तर भ्रष्टाचार, भागबन्डा, गुटगत स्वार्थ र सत्ता-लोभ झन् संस्थागत हुँदै गयो।

आजको Gen Z पुस्ताले पुराना पुस्ताको लापरबाही, भ्रष्ट्राचार र बेइमानीलाई अस्वीकार गरेको छ। उनीहरू नयाँ सोच, पारदर्शिता र जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएका छन्। तर सत्ताले तिनै युवा पुस्तामाथि हिंसा प्रयोग गरेर आफ्नो वास्तविक चरित्र देखाइदिएको छ।

यो रक्तपातले एउटा कुरा स्पष्ट भएको छ-सत्ता चाहे राजाको हातमा होस् वा निर्वाचित नेताको, जनतालाई ‘प्रजा’ ठान्ने मानसिकता अझै समाप्त भएको छैन। यही कारणले गर्दा नेपालको लोकतन्त्र केवल औपचारिक नाममा सीमित छ, व्यवहारमा भने यो अझै सामन्ती र दमनकारी छ।

अब प्रश्न उठ्छ-कति युवाको रगत बगाउँदा यो प्रणाली सचेत हुन्छ? कति बलिदानपछि मात्रै राजनीति शुद्धिकरणको बाटो लाग्छ? यदि सत्ताधारीहरूले यो चेतावनीलाई गम्भीरतापूर्वक लिएनन् भने, इतिहासले उनीहरूलाई कठोर जवाफ दिनेछ।

नेपाल परिवर्तनको मोडमा उभिएको छ। यो पुस्ताको आवाजलाई बन्दुकले दबाउन सकिँदैन। युवाको रक्तरञ्जित बलिदानले फेरि एकपटक यो देशलाई नयाँ मार्गतिर धकेल्ने संकेत दिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत