विज्ञापन

'देशका सबै सामुदायिक क्याम्पस बन्द, क्याम्पस संघद्वारा शोक व्यक्त'

काठमाडौँ । जेन-जीको आन्दोलनका क्रममा हिजो भएको प्रदर्शनका क्रममा घटेको घटनाप्रति सामुदायिक क्याम्पस संघले शोक व्यक्त गरेको छ ।

विज्ञापन

हिजो एक शोक वक्तव्य मार्फत सामुदायिक क्याम्पस संघले नेपालमा घटेको दर्दनाक घटनाबाट दर्जनौं नेपाली युवाको असामयिक निधन भएको खबरले सम्पूर्ण शैक्षिक क्षेत्रमा गहिरो शोक छाएको साथै यस दुःखद राष्ट्रिय दुर्घटनामा नेपाल पब्लिक क्याम्पस संघ स्तब्ध र शोकाकुल बनेको जनाएको हो ।

विज्ञापन

यस सन्दर्भमा क्याम्पस संघले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेको छ ।

त्यस्तै, क्याम्पस संघले घटनाद्वारा सिर्जित शोकलाई राष्ट्रिय क्षतिका रूपमा ग्रहण गर्दै आफ्ना सम्पूर्ण सदस्य सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरूलाई दिवंगत नेपाली युवाहरूको स्मृतिमा आज सम्पूर्ण पठनपाठन बन्द गरि एकदिन शाेक दिवस तथा श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरिएको नेपाल सामुदायिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई