केन्द्रीय अनुसन्धान ब्युरोले लुटपाटका सामान खरिद-बिक्री गर्नेहरूलाई कडा कार्वाही गर्ने

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले जेन-जी आन्दोलनका क्रममा लुटिएका कुनैपनि सामान खरिद वा बिक्री गर्नेहरू विरुद्ध कडा कार्वाही गर्ने बताएको छ । ब्युरोले सार्वजनिक सूचना मार्फत यहि भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, बैंक बित्तीय संस्था लगायतका संरचनाहरुमा रहेका कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण […]

नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त भएकी छिन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आइतबार साँझ नियुक्ति पत्र प्रदान गरिएको हो । भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् । महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् ।

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने जानकारी गराएको छ ।

जलेर भस्म भएको सिंहदरबारको इतिहास र महत्व :

एशियाकै भव्य संरचनाका रूपमा चिनिएको सिंहदरबार पछिल्लो आन्दोलन, प्रदर्शनका क्रममा जलेर भस्म भयो । इतिहास बोकेको मुलुकको अत्यन्त महत्वपूर्ण सम्पदा एवं ऐतिहासिक दस्तावेजहरू रहेको सिंहदरबारको विनाशले केवल भौतिक वस्तु मात्रै नष्ट भएको छैन । एउटा जिवित इतिहासको मृत्यु भएको छ । के हो सिंहदरबार, कसरी बन्यो सिंहदरबार ? आजभन्दा ११७ वर्ष अघि अर्थात् सन् १९०८ […]

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।  उनले प्रधानमन्त्री सुशिला कार्कीले घाइतेको निशुल्क उपचार, आन्दोलनमा मृतक हुनेलाई शहिद घोषणा गर्ने […]

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । आज अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण, कहाँ-कहाँबाट हुन्छ सटही ?

काठमाडौँ । आजबाट सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट […]