माओवादी केन्द्रको केन्द्रीय समिति भङ्ग, मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)काे केन्द्रीय समिति भङ्ग भएकाे छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भङ्ग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । माओवादी केन्द्रले नेताहरूको […]

मर्मतका लागि अत्यावश्यक सामान नआइपुग्दा चन्द्रागिरि केबलकार तत्काल सञ्चालन नहुने

काठमाडाैं । जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरि क्षति पुर्याइएको चन्द्रागिरि हिल्सले प्रवर्द्धन गरिरहेको केबलकार तत्काल सञ्चालनमा नआउने भएको छ । हिल्सले दसैं अगाडि नै मर्मत, सम्भार तथा आवश्यक प्राविधिक प्रणाली सुधार गरि केबलकार सञ्चालन गर्न खोजेको भएपनि महत्त्वपूर्ण सामानहरू नआइपुगेकोले तत्काल केबलकार सञ्चालन नहुने भएको हो । नेपालकै दोस्रो र उपत्यकाको पहिलो […]

जेन-जी आन्दोलनका क्रममा भएका गैरकानुनी गतिविधिमा संलग्नलाई कार्वाही गरिने

काठमाडाैं । जेन-जी पुस्ताद्वारा भदौ २३ र २४ गते भएको आन्दोलन, प्रदर्शनका क्रममा गैरकानुनी गतिविधिमा संलग्नलाई कार्वाही गरिने भएको छ । आन्दोलनका क्रममा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन भई कार्य प्रारम्भ गरिसकेको अवस्थामा उक्त छानबिन आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित […]

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागद्वारा वालेटमा रकम जम्मा सीमा वृद्धि

काठमाडाैं । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा, संख्यालाई अस्थायी रुपमा वृद्धि गरेको छ । यो भन्दाअघि भुक्तानी प्रणाली अन्तर्गत प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा दसैंको अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र शुभ दिपावली तथा […]

संविधान संशोधन नहुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि चुनाव असम्भव

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताएकी छन् । हिजाे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन् “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था […]

आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा, शक्तिपीठहरूमा भक्तजनको भीड

काठमाडौं । आज  नवरात्रको पाँचौँ दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विशेष पूजा-आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यिनलाई स्कन्दमाताको नामले पुकारिने गरिएको हो । ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा पनि स्कन्दमातालाई चिनिन्छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको वर्ण सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ। कमलको […]