विज्ञापन
No data was found

'आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा, शक्तिपीठहरूमा भक्तजनको भीड'

काठमाडौं । आज  नवरात्रको पाँचौँ दिन हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विशेष पूजा-आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यिनलाई स्कन्दमाताको नामले पुकारिने गरिएको हो । ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा पनि स्कन्दमातालाई चिनिन्छ ।

विज्ञापन

सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको वर्ण सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ। कमलको फूलमाथि पद्मासनसहित सिंहमा सवार रहने स्कन्दमाताका चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्यापेकी हुन्छिन् भने बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरेकी हुन्छिन् ।

विज्ञापन

दुर्गा पक्षसमेत भनिने दशैंमा नवदुर्गाका विभिन्न नौ रूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । यस वर्ष काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठहरूलाई विशेष रूपमा सजाइएको छ र दीपावली गरी झिलिमिली बनाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌