विज्ञापन
No data was found

'मर्मतका लागि अत्यावश्यक सामान नआइपुग्दा चन्द्रागिरि केबलकार तत्काल सञ्चालन नहुने'

काठमाडाैं । जेन-जी आन्दोलन, प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गरि क्षति पुर्याइएको चन्द्रागिरि हिल्सले प्रवर्द्धन गरिरहेको केबलकार तत्काल सञ्चालनमा नआउने भएको छ ।

विज्ञापन

हिल्सले दसैं अगाडि नै मर्मत, सम्भार तथा आवश्यक प्राविधिक प्रणाली सुधार गरि केबलकार सञ्चालन गर्न खोजेको भएपनि महत्त्वपूर्ण सामानहरू नआइपुगेकोले तत्काल केबलकार सञ्चालन नहुने भएको हो ।

विज्ञापन

नेपालकै दोस्रो र उपत्यकाको पहिलो केबलकारको रूपमा चिनिएको चन्द्रागिरि केबलकार अत्याधुनिक अस्ट्रियाली प्रविधि र जनशक्तिको नियमनमा सञ्चालन हुँदै आएकोमा हाल केबलकार सञ्चालनका लागि आवश्यक उपकरण तथा विशेषज्ञको टिम नआइपुगेको भएर समस्या उत्पन्न भएको हिल्सले जनाएको हो ।

दसैं अगाडि नै केबलकार सञ्चालन गर्नेगरि तीव्र रूपमा मर्मत कार्यमा जोड दिएको भएपनि समयमै आवश्यक सामान नआउँदा अझ एकदुई महिना केबलकार सञ्चालन गर्न ढिलाइ हुने बताइएको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा केबलकारको बटम स्टेसनमा ठूलो परिमाणमा क्षति पुगेको थियो भने केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक प्रणाली समेत ध्वस्त भएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌