चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा हुँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिए । नगरपालिकाका अनुसार नगरका १५ वडामध्ये १४ वटा वडा ‘बालश्रममुक्त वडा’ […]
नेपाली कांग्रेसकाे अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ । बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली जानकारी दिए । कांग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् ।
त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् । दशरथ रङ्शालामा जारी […]
चन्द्रागिरि नृत्य कलाकर्मी संघद्वारा नगरस्तरीय खुल्ला एकल लोकनृत्य प्रतियोगिता आयोजना गर्दै

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघद्वारा नगरस्तरीय खुल्ला एकल लोकनृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ । चन्द्रागिरि नगरपालिका लगायत ब्लोनअप डान्स ईम्याक, स्मार्ट डान्स एण्ड जुम्बा स्टुडियो, नवरस संगीत पाठशाला, नवप्रभात कला केन्द्र, एरा डान्स स्टुडियो तथा चन्द्रागिरि जुम्बा ग्रुपको सहकार्यमा हुने उक्त एकल लोकनृत्य प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतियोगीहरू बीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको […]
मच्छेगाउँमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुँदै

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँमा नि:शुल्क वृहत् स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ । मच्छेगाउँ स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा पौष १२ गते शनिबार गरिन लागेको उक्त स्वास्थ्य शिविर सञ्चालनका लागि मेडपोइन्ट हस्पिटल, नयाँ नैकापले प्राविधिक सहयोग उपलब्ध गराउने भएको हो । विशेषज्ञ सहितको नि:शुल्क बृहत स्वास्थ्य जाँच शिविरम […]