एमालेलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीको आग्रह– जनताका मुद्दामा लागिरहनुहोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा (एमाले) लाई धन्यवाद दिएकी छन् । मङ्गलवार आज प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्री कार्कीको निमन्त्रणालाई स्विकारेर एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन […]

चन्द्रागिरिका दुई स्थानीय संस्थाको आयोजनामा धैरेनी डाँडा सफाइ अभियान हुँदै

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको स्थानीय २ ओटा संस्थाहरू चन्द्रागिरि हाईकर्स कम्युनिटी तथा जेसिआई थानकोटको संयुक्त आयोजनामा वडा नं १ स्थित धैरेनी डाँडा सफाइ कार्यक्रम हुने भएको छ । ऐतिहासिक, धार्मिक तथा पर्या-पर्यटनको दृष्टिबाट अत्यन्त महत्वपूर्ण धैरेनी डाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो आगमन तथा उनीहरूले प्रयोग गर्ने विभिन्न प्याकेजिङ्ग खानेकुराको खोल, पानी, बियर लगायतका बोतल […]

सरकारको ऋण साढे २८ खर्बबढी, प्रत्येक नेपालीको टाउकोमा झन्डै एक लाख रुपैयाँ !

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ सरकारको ऋण पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगकेो छ । सरकारको यस्तो ऋण दायित्व चालु आर्थिक वर्षको सुरुवातमा २६ […]

कवि मञ्जुललाई “विश्व ज्योति साहित्य सम्मान” समर्पण गरिने

काठमाडौं । नेपाली वाङ्गमयको श्रीवृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आगामी चैत्र २५ गते काठमाडौमा आयोजना गरिने एक विशेष समारोहका बीच अग्रज सर्जक कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’लाई यस वर्षको ‘विश्व ज्योति साहित्य सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ । उक्त सम्मानमा एक सम्मानपत्र सहित नगद राशि ५१ हजार रुपैयाँ रहने […]

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसदहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागेको छ । पार्टीको तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू (प्रत्यक्ष तथा समानुपातिक) का लागि चैत्र ३ र ४ गते दुईदिन काठमाडौँमा अभिमुखीकरण कार्यक्रम मार्फत नवनिर्वाचित सांसदहरूलाई राजनैतिक, वैचारिक एवम् पार्टीको आगामी कार्ययोजना तथा कार्यनीति सम्बन्धि समेत जागरुक बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको […]