विज्ञापन
No data was found

'चन्द्रागिरिका दुई स्थानीय संस्थाको आयोजनामा धैरेनी डाँडा सफाइ अभियान हुँदै'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको स्थानीय २ ओटा संस्थाहरू चन्द्रागिरि हाईकर्स कम्युनिटी तथा जेसिआई थानकोटको संयुक्त आयोजनामा वडा नं १ स्थित धैरेनी डाँडा सफाइ कार्यक्रम हुने भएको छ ।

विज्ञापन

ऐतिहासिक, धार्मिक तथा पर्या-पर्यटनको दृष्टिबाट अत्यन्त महत्वपूर्ण धैरेनी डाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो आगमन तथा उनीहरूले प्रयोग गर्ने विभिन्न प्याकेजिङ्ग खानेकुराको खोल, पानी, बियर लगायतका बोतल र नकुहिने प्लास्टिक प्लेट, गिलासजन्य फोहर जथाभावी फाल्ने कार्यबाट मनोरम धैरेनी डाँडा कुरुप हुँदै गएको अवस्थामा जेसिआई थानकोट र चन्द्रागिरि हाईकर्स कम्युनिटीले काठमाडौं मोडेल कलेजको स्वयं सेवकीय साथ तथा गैरीगाउँ ईको रेजेन्सी रिसोर्टको सहयोगमा सरसफाइ कार्यक्रम गर्न लागेको हो ।

विज्ञापन

चन्द्रागिरि नगर क्षेत्रकै अत्यन्त महत्वपूर्ण दहचोक, ईन्द्रस्थान नजिक रहेको धैरेनी डाँडा सरसफाइ अभियानको उद्देश्य समग्र नगरको पर्यटन, सम्पदा संस्कृतिको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।

सरसफाइ कार्यक्रम चैत्र ४ गते बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌