काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ सरकारको ऋण पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगकेो छ ।
विज्ञापन
सरकारको यस्तो ऋण दायित्व चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।
विज्ञापन
पछिल्लो ८ महिनामा यस्ताे ऋण २ खर्ब ४ अर्ब रुपैयाँले बढेको हाे ।
सरकारले लिएको यस्तो ऋण नेपालको २०७८ को जनसख्ंया २ करोड ९१ लाख ६४ हजार ५७८ जनाका लागि औषतमा हिसाव गर्दा प्रतिव्यक्ति ऋण दायित्व एक लाख रुपैयाँ नजिक पुगेको छ । यस्तो रकम ९८ हजार ६९१ रुपैयाँ प्रतिव्यक्ति नेपालीको ऋण दायित्व हुन आउँछ ।