एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई दिएको छ । शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक रुपमा बधाई दिएको हो ।

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । शुक्रबार काठमाडौँमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासँग छलफल गर्दै उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो । छलफलमा सहभागीहरूले सरकारको उक्त […]

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। शुक्रबार प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री […]

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

काठमाडाैं । एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवम् “विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार” प्रदान गरिने भएको एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले जानकारी दिएका छन् । यस वर्ष एपेक नेपालले विश्वज्योति काव्य सम्मान वरिष्ठ कवि मञ्जुललाई अर्पण गर्दैछ भने विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार कर्णाली प्रदेश, सुर्खेतकि हिमा रोकाको लघुकथा पाण्डुलिपिलाई प्रदान गरिन लागेको […]

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

काठमाडाैं । नेपाल फुल कन्ट्याक्ट कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्ने भएको छ । विभिन्न राष्ट्रिय प्रतियोगिताहरूलाई केन्द्रित गर्दै खेल प्रतियोगिताको स्तर सुधार तथा उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सेमिनार आयोजना गरिन लागेको हो । कराँते खेलको वृहत्तर विकास र खेलाडीहरूको उच्च खेल प्रदर्शनका लागि देशैभरका रेफ्रीहरूको सहभागितामा गरिन लागेको […]