काठमाडाैं । एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवम् “विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार” प्रदान गरिने भएको एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले जानकारी दिएका छन् ।
विज्ञापन
यस वर्ष एपेक नेपालले विश्वज्योति काव्य सम्मान वरिष्ठ कवि मञ्जुललाई अर्पण गर्दैछ भने विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार कर्णाली प्रदेश, सुर्खेतकि हिमा रोकाको लघुकथा पाण्डुलिपिलाई प्रदान गरिन लागेको संस्थाको कार्यकारी निर्देशक राजेन्द्र शलभले बताएका छन् ।
विज्ञापन
चैत्र २५ गते, बुधबार पर्यटन बोर्ड, भृकुटी मण्डपमा हुने कार्यक्रममा “अनुभूति” (नेपाली हिन्दी कवितासङ्ग्रह) र “प्रतिज्ञा” (लघुकथासङ्ग्रह) लोकार्पण समेत गरिने भएको छ ।