काठमाडाैं । नेपाल फुल कन्ट्याक्ट कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्ने भएको छ ।
विज्ञापन
विभिन्न राष्ट्रिय प्रतियोगिताहरूलाई केन्द्रित गर्दै खेल प्रतियोगिताको स्तर सुधार तथा उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सेमिनार आयोजना गरिन लागेको हो ।
विज्ञापन
कराँते खेलको वृहत्तर विकास र खेलाडीहरूको उच्च खेल प्रदर्शनका लागि देशैभरका रेफ्रीहरूको सहभागितामा गरिन लागेको राष्ट्रिय अनुशिक्षण सेमिनारमा महासङ्घसँग आबद्ध सम्पूर्ण संघ, संस्थाहरूलाई उपस्थित भइदिन नेपाल फुल कन्ट्याक्ट कराँते महासङ्घले अपिल समेत गरेको छ ।