काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्।
विज्ञापन
शुक्रबार प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विज्ञापन
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्ने जनाइएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहाल पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्वको प्रशिक्षक पनि हुन्। उनले ‘कोभिडः नसोचेको, नभोगेको संकट’ पुस्तक लेखकी छन्।