मातातीर्थ मेला भोलिदेखि सुरू, कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ?

काठमाडाैं । मातातीर्थ औंशीको दिन चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्छ । यस अवसरमा कुन कुन बाटो प्रयोग गरेर मातातीर्थ पुग्ने ? यो वर्ष मातातीर्थ औंसी वैशाख ४ गते परेको छ । मातातीर्थ मेलाको अघिल्लो दिन अर्थात वैशाख ३ गते नै मेला लाग्ने, आरती हुने र हिन्दु तथा बौद्ध धर्मावलम्बीरू यस […]
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि अब नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए । अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ […]
नयाँ वर्षपछि पहिलो कारोबारमै नेप्सेमा उछाल: ३३ अंकको वृद्धि, कारोबार १० अर्ब नाघ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ पछि खुलेको शेयर बजार उच्च अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा बन्द भएको थियो। आज कारोबारमा आएका २२१ कम्पनीको शेयरमूल्य बढेको हो। ४५ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै आज तीन कम्पनीको […]
पूर्वसचिव अधिकारीसहित १७ विरुद्ध ७ करोड ७१ लाखको मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ स्थित सिद्धनाथमा […]
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै नेता दीपक खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो ।
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै

काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी […]