विज्ञापन
No data was found

'पोखरामा प्रदर्शन गर्न रास्वपा नेताको घरदैलो'

रास्वपा सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले घर–घर पुगेर स्थानीयलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेको छ ।

विज्ञापन

उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता मनिष झा, रमेश प्रसाईँ लगायतले घरदैलोको नेतृत्व गरे । उनीहरूले सरकारको रवैयाविरुद्ध सडकमा निस्कन पोखरावासीलाई आग्रह गरेका थिए ।

विज्ञापन

सभापति लामिछाने पक्राउको विरोधमा प्रदर्शनकारी घटे पनि पोखरामा प्रदर्शन जारी छ ।
मंगलबार दिउँसो जिरो किलोमिटरबाट सुरु भएको ¥याली सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, बुद्ध चोक, रामबजार, अमरसिंहचोक हुँदै पुनः पृथ्वीचोकमा पुगेर टुंगिएको थियो ।

पृथ्वीचोक र अमरसिंहचोकमा भएको कोणसभामा रास्वपाका नेताले सम्बोधन गरेका थिए । रास्वपाका उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा.तोसिमा कार्की, सविता गौतम, रास्वपा नेता रमेश प्रसाईँ लगायतले बोलेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ