काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।
विज्ञापन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेबाट पठनपाठन सञ्चालन हुने उल्लेख गरिएको छ । यसअघि भने हरेक वर्ष वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने प्रचलन थियो ।
विज्ञापन
सूचनामा वैशाख २ गतेदेखि प्रवर्धनात्मक तथा रचनात्मक शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने जनाइएको छ । साथै, वैशाख १५ गतेअघि नै विद्यालयहरूले शैक्षिक सत्रका कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार गर्ने, विद्यालय सुधार योजना निर्माण वा अद्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्नेछ ।