विज्ञापन
No data was found

'ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने'

काठमाडाैं । ब्राइट फ्युचर सेकेन्डरी स्कुलद्वारा ३९ औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम समारोहको आयोजना गर्न लागेको छ ।

विज्ञापन

चन्द्रागिरिमा मात्र नभई राष्ट्रिय स्तरमै शिक्षाको गुणात्मक अभिवृद्धिका लागि कृयाशील शिक्षालय ब्राइट फ्युचर सेकेन्डरी स्कुलले आफ्नो ३९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउन लागेको हो ।

विज्ञापन

ब्राइट फ्युचर स्कुलका अध्यक्ष एवम् वरिष्ठ शिक्षासेवी मोहन कुमार कार्कीले दिएको जानकारी अनुसार चैत्र २७ गते अपरान्ह १ बजे प्रसिद्ध बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा नर बहादुर विश्वकर्माद्वारा चित्रकला उट्घाटन गरिनेछ भने सो दिन दिक्षान्त समारोह तथा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ ।

त्यस्तै, चैत्र २८ गते बिहान ११ बजे मदन पुरस्कार प्राप्त प्रसिद्ध साहित्यकार तथा प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेको प्रमुख आतिथ्यतामा ब्राइट फ्युचर स्कुलको परिचय समेटिएको विद्यालय पुस्तक विमोचन गरिनेछ भने वृहत् साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।

साथै, कार्यक्रमको अन्तिम दिन चैत्र २९ गते बिहान ११ बजे ब्राइट फ्युचर स्कुलका पूर्व विद्यार्थी एवम् प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठ तथा चर्चित नायिका प्रियंका कार्कीलाई विशेष सम्मान गरिनेछ भने लोकप्रिय गायक आनन्द कार्की तथा स्कुलका विद्यार्थीहरूबाट विभिन्न साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ ।

नैकापस्थित ब्राइट फ्युचर स्कुल भवन परिसरमा आयोजना गरिने समापन कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिने स्कुलका प्रधानाध्यापक दयाराम थापाले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ

आज ओली र लेखक हाजिरी जमानतमा रिहा हुँदै

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान