विज्ञापन
No data was found

'बाबुरामको पार्टीको नाम नयाँ शक्ति, आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्ने'

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ । पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ ।

विज्ञापन

पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ । पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ ।

विज्ञापन

विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुङ्गो लगाएको छ । पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ ।

विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ