विज्ञापन

'विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी ‘टप टेन’ मा'

काठमाडौं । विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी ‘टप टेन’ मा परेको छ ।

विज्ञापन

चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले सार्वजनिक गरेको विश्वका घुम्न लायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनीलाई पनि समेटेको हो ।

सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येमा बुद्ध जन्मस्थल लुम्बिनीलाई नवौँ स्थानमा राखिएको छ । विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको छ । 

‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ ९ हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् ।

लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ ।  न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन