विज्ञापन

'चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै'

काठमाडौं । चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुने भएको छ ।

विज्ञापन

चन्द्रागिरि क्रिकेट एशोसियसन नेपालको आयोजना तथा ग्रेट हिमालयन त्रिकेट एकेडेमी हात्तिबनको सहयोगमा आयोजना हुन लागेको हो ।

माघ ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘क्रिकेट ट्र्रेनिङ’ चन्द्रागिरि ६ मा रहेको मदन भण्डारी क्रिकेट मैदान र त्रिभुवन पार्कमा रहेको मैदानमा सञ्चालन हुने चन्द्रागिरि क्रिकेट एशोसियशनका अध्यक्ष प्रजिवन प्रधानले जानकारी दिए ।

चन्द्रागिरिमा नै क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त क्याम्पमा सहभागी हुने खेलाडीहरुले दर्ता शुल्क वापत १ हजार रुपैयाँ बुझाउनु पर्छ भने महिला खेलाडीहरुलाई दर्ता शुल्क पनि निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

नेपाल क्रिकेट एशोसियशन (क्यान)को पनि सहभागी हुने उक्त क्रिकेट तालिम अवधिभर आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु चन्द्रागिरि क्रिकेट एशोसियशनले नै व्यवस्था गर्ने पनि अध्यक्ष प्रधानले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण