काठमाडौं । चन्द्रागिरि नगरपालिका १२, बलम्बुमा निर्माण भएको बलम्बु माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको भवनको उद्घाटन भएको छ ।
उपराष्ट्रपति रामसहायक प्रसाद यादवले बलम्बु माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपराष्ट्रपति रामसहायक प्रसाद यादवलले ऐतिहासिक र अति रमणीय काठमाडौँको चन्द्रागिरीको चन्द्रागिरि नगरपालिका स्थित श्री बलम्बु माध्यमिक विद्यालय बलम्बुले प्रयोगशाला सहितको प्राविधिक शिक्षालय भवन निर्माण गरी विभिन्न प्राविधिक विषयमा पढ्दै सिक्दै र कमाउँदै कार्यक्रम अन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुमा डिप्लोमा तहको प्रशिक्षण र शिप विकास मार्फत रोजगार मूलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय अग्रसर भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण चन्द्रागिरिबासीलाई शुभकामना व्यक्त गरेका छन् ।
साथै विद्यालयलाई यो उचाइमा पुर्याउन अहोरात्र आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावलाई सहृदय स्मरण गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गरेका छन् ।
६१ वर्षअघि ऐतिहासिक नेवार समुदायको बस्ती हात्तीपुरमा विधिवत स्थापना भई बलम्बु राष्ट्रिय प्राइमरी स्कुल हुँदै विक्रम सम्वत् २०४८ मा प्रवेसीका परीक्षामा सहभागी २०४८ मा प्रवेशिका परीक्षामा सहभागी भएता यो विद्यालयले राम्रो नतिजा सहित शैक्षिक सत्र २०५९ सालदेखि आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै क्षेत्रीय र राष्ट्रिय शिक्षा पुरस्कार पुरस्कार एवं प्रमाणपत्र हासिल गर्न सक्नु प्रशंसा र गौरवको विषय प्रदर्शन गर्दै आएको उत्कृष्टता प्रिय विद्यार्थी भाइबहिनीहरू अभिभावक हरू र शिक्षकहरूको अथक प्रयास लगन र परिश्रमबाटै सम्भव भएको हुनुपर्दछ । यसमा निरन्तरता अति आवश्यक र अपरिहार्य सामुदायिक विद्यालयहरूप्रति सफल बलम्बु माध्यमिक विद्यालय एउटा अनुपम उदाहरण बनेको छ । आफ्नो स्थापना कालदेखि यस विद्यालयले राम्रो पठनपाठन गर्दै आएकोमा अब प्राविधिक धारतर्फ पनि एक कदम अगाडि बढ्नु सकारात्मक सन्दर्भमा विद्यालयले सञ्चालन गर्न लागेकोमा उपराष्ट्रपति यादवले खुशी व्यक्त गरेका छन् ।
पुरानो भवनलाई डिस्पोज गरेर त्यसलाई भत्काएर नयाँ तुरुन्तै बनाउनुपर्ने एउटा अत्यन्त चुनौतीपूर्ण कार्य थियो, त्यो चुनौतीपूर्ण कार्यलाई विद्यालय परिवारबाट जुन अथक एकदम सक्रियता देखाउनुभयो कि कम्तिमा एक वर्ष भित्रमा नै त्यस्तो पुरानो भवनलाई भत्काएर नयाँ बिल्डिङ सहितको सम्पूर्ण प्रविधियुक्त सामानहरु व्यवस्थापन गर्न सक्ने क्षमता यो विद्यालयले जुन क्षमता प्रदान गर्यो विद्यालय परिवारलाई नगरपालिकाको तर्फबाट चन्द्रागिरिका नगर प्रमुम घनश्याम गिरीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियासँगको समन्वयमा स्थानीय साझेदार संस्था विकासका लागि ऐक्यबद्धता (सोड) सँग चन्द्रागिरि नगरपालिकाको सहकार्यमा प्राविधिक शिक्षालयको उक्त भवन चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सुरु भएको थियो ।
उक्त प्राविधिक शिक्षालयको भवन २ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
उक्त प्रविधिक बिद्यालयबाट ब्युटिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत र इलेक्ट्रिसियन सम्बन्धी पढाई जनाइएको छ ।