विज्ञापन

'माइती नेपालमा प्रधानमन्त्री : रु एक करोड दिने घोषणा'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

विज्ञापन

चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितपदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा सन्तोष व्यक्त गर्नुभयो ।


अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुुग्नुुभएको छ । प्रधानमन्त्री ओलीलाई आफूसँग त्यहाँस्थित प्रभावित महिला, बालबालिका र विद्यार्थीले गौरवबोध गर्नुभएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन