काठमाडौं । चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटलाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिका गुर्जुधारास्थित भेहिकल एकेडेमी तथा रिसर्च सेन्टरले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री आज चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गराएको हो ।
यस संस्थाको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बेलाबेलामा यस्ता खाले सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको रिसर्च सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले बताए ।