विज्ञापन
No data was found

'राष्ट्रिय चलचित्र पुरस्कार-२०८२ : उत्कृष्ट चलचित्र शाम्बाला'

काठमाडौं । मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार- २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो ।

विज्ञापन

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरेका हुन् ।

विज्ञापन

उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाइन् । उनले खुस्मा फिल्मबाट यो पुरस्कार पाएकी हुन् ।

पटकथातर्फ छक्का पञ्जा-५ बाट दीपकराज गिरीले पाएका छन् भने छायांकनमा पीताम्बर फिल्मबाट पुरुषोत्तम प्रधानलाई पुरस्कार प्रदान गरिएको छ ।

नेवारी फिल्म लगायबनले आदिवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्म पुजार सार्कीले जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।

सबै विधामा उत्कृष्टलाई नगद २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ ।

वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजार सहित दीर्घ साधना सम्मान पनि चलचित्र विकास बोर्डले प्रदान गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त