विज्ञापन

'पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप सम्पन्न'

काठमाडाैँ । नेपाल रोल बल संघको आयोजनामा चन्द्रागिरिमा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ सम्पन्न भएको छ। दुईदिने यो प्रतियोगिता रिब्स स्कुल, चन्द्रागिरी–५ मा आयोजना गरिएको थियाे ।

विज्ञापन

पाचौँ इन्टर स्कुल स्केटिङ्ग रेस च्याम्पियनसीपमा ६ बर्षमा छात्रमा रुपीज स्कुलका मान्या राठी र छात्रामा श्री शिव नरसिहं शिक्षालयका अद्वैत एम.खरेल प्रथम भएका थिए। यसबाहेक विभिन्न उमेर अनुसारकाे छात्रछात्रालाइ विजेता घोषित गरिएकाे थियाे। स्केटिङ्ग रेस अन्तर्गत २ स्वर्ण, ४ रजत र २ कास्य पदक सहित स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल च्याम्पियन हुन सफल भए र दोस्रो स्थानमा श्री शिव नरसिहं शिक्षालय (२ स्वर्ण, ३ रजत र २ कास्य पदक) र तेस्रो स्थानमा रिब्स स्कुल (२ स्वर्ण, १ रजत र १ कास्य पदक) पर्न सफल भए। यसैगरी पाचौँ इन्टर स्कुल रोल बल च्याम्पियनसीपमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल र छात्र तर्फ ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल विजयी भएका छन्। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलले क्यापिटल सिटी एकेडेमीलाई ३ – १ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भएको थियो।

विज्ञापन

स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलको जितका लागि अनुप्रिया तण्डुकारले २ गोल तथा नमिसा श्रेष्ठले १ गोल गरेका थिए। उक्त खेलमा स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार प्लेयर अफ द म्याच चुनिए। छात्र तर्फको फाइनल खेलमा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले चेल्सी वल्र्ड स्कुललाई २- १ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भएको थियो।  ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलको जितका लागी सुमित ठाकुरले २ गोल गरेका थिए भने चेल्सी वल्र्ड स्कुलको एक मात्र गोल आर्यस लामाले गरे।

ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुललाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने सुमित ठाकुर प्लेयर अफ द म्याच चुनिए। प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट गोलरक्षक स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका आरोही गुरुङ, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडि स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार घोषित भए र छात्र तर्फ उत्कृष्ट गोलरक्षक ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुसन क्षेत्री, सर्वाधिक गोलकर्ता ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुमित ठाकुर तथा उत्कृष्ट खेलाडि ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका आरभ तण्डुकार घोषित भए।

छैठौँ नेशनल रोल बल लिग २०२५ अन्तर्गत दुवै महिला तथा पुरुप विधामा स्केटिङ्गहब विजयी भएका छन्। महिलातर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई १-० को सामान्य अन्तरले हरायो। स्केटिङ्गहबका लागि एक मात्र गोल कप्तान योगिना श्रेष्ठले गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक आशिया तामाङ प्लेयर अफ द म्याच चुनिए। पुरुषतर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई ५-० को फराकिलो अन्तरले हरायो। स्केटिङ्गहबका लागि सौहार्द श्रेष्ठ र इमोन यादबले दुई-दुई गोल र उज्वल महर्जनले एक गोल गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक अभिषेक मानन्धर प्लेयर अफ द म्याच चुनिए। प्रतियोगितामा महिला तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका आशिया तामाङ, सर्वाधिक गोलकर्ता फिटवेल श्रिजना भण्डारी तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका योगिना श्रेष्ठ घोषित भए र पुरुष तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका अभिषेक मानन्धर, सर्वाधिक गोलकर्ता स्केटिङ्गहबका इमोन यादब तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका सौहार्द श्रेष्ठ घोषित भए।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष धनश्याम लुइँटेलको प्रमुख आतिथ्यतामा सुरु भएकाे उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाई वितरण गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध चन्द्रागिरि नगरपालिकामा ज्ञापनपत्र, पाँच वाम घटकद्वारा विरोध प्रदर्शन

चन्द्रागिरिमा नगरस्तरीय खुल्ला आधुनिक गायन प्रतियोगिता हुँदै

चन्द्रागिरि नगरपालिकाको आगामी बजेटप्रति नगरवासीको चासो बढ्दो, प्राथमिकतामा अधुरा योजना

थानकोट प्राथमिक अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुँदै

दशरथ रंगशालामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता हुने

चन्द्रागिरिको न्यायिक समितिद्वारा विद्यालयमा न्यायिक सचेतनामूलक कक्षा सञ्चालन

किसान सूचीकरणका लागि धुनिवेशी नगरपालिकाले वडा-वडामा घुम्ती सेवा सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिकामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला आयोजना हुने