विज्ञापन

'किसान सूचीकरणका लागि धुनिवेशी नगरपालिकाले वडा-वडामा घुम्ती सेवा सञ्चालन गर्ने'

काठमाडाैं । धुनिवेशी नगरपालिकाले कृषि पेशामा संलग्न भई हालसम्म किसान सूचीकरण प्रणालीमा दर्ता हुन नसकेका कृषकहरूलाई लक्षित गर्दै वडा-वडामा एकदिने घुम्ती सेवा सञ्चालन गर्ने भएको छ।

विज्ञापन

नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा जारी किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ बमोजिम वास्तविक किसानहरूको पहिचान तथा कृषि क्षेत्रको तथ्याङ्क व्यवस्थित गर्न यो अभियान सञ्चालन गर्न लागिएको हो।

विज्ञापन

नगरपालिकाले कृषि क्षेत्रमा संलग्न तर अनलाइन प्रणालीमा दर्ता हुन छुटेका कृषकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर विवरण दर्ता गर्न लागिएको हो ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार वडा नं. १ देखि वडा नं. ९ सम्म जेठ १८ गतेदेखि जेठ २८ गतेसम्म विभिन्न मितिमा घुम्ती सेवा सञ्चालन गरिने भएको छ । सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडा कार्यालयमा उपलब्ध हुनेछ ।

घुम्ती सेवामा सहभागी हुन कृषकहरूले नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जा वा भाडामा खेती गरेको प्रमाण, कृषि समूह, सहकारी वा फर्ममा आबद्ध भएको विवरण, मोबाइल नम्बर तथा पासपोर्ट साइज फोटो साथमा ल्याउनुपर्ने जनाइएको छ ।

फोटो : एआई

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोट प्राथमिक अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुँदै

दशरथ रंगशालामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता हुने

चन्द्रागिरिको न्यायिक समितिद्वारा विद्यालयमा न्यायिक सचेतनामूलक कक्षा सञ्चालन

चन्द्रागिरि नगरपालिकामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला आयोजना हुने

मकवानपुरमा लागुऔषधसहित १३ जना पक्राउ

मध्यपूर्वमा तनाव चरममा: इरानद्वारा कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण

भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने यात्रुलाई ५०० रुपैयाँसम्म भन्सार छुट

राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशन सम्पन्न, गोपाल बराइली अध्यक्षमा निर्वाचित