काठमाडौं, जेठ २० । नेपाल फुल–कन्ट्याक्ट कराते महासंघ (एनएफकेएफ) को आयोजनामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी जेठ २३ र २४ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
राष्ट्रियस्तरमा पहिलोपटक आयोजना हुन लागेको उक्त प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामार्फत फुल-कन्ट्याक्ट कराते खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरमा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने लक्ष्य राखिएको महासंघले जनाएको छ।
‘स्वस्थ जीवनका लागि खेलकुद, समृद्ध राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले नेपाली कराते खेलको प्रवर्द्धन र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। प्रतियोगितामा विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।
नेपाल फुल–कन्ट्याक्ट कराते महासंघका अनुसार प्रतियोगिताको उट्घाटन जेष्ठ २३ गते गरिनेछ भने समापन २४ गरिनेछ ।